५४ प्रतिशत बढ्यो एनएलजी इन्स्योरेन्सको नाफा, खुद बीमा शुल्कसँगै इपिएस पनि बढ्यो « Arthapath.com
२९ माघ २०८०, सोमबार

५४ प्रतिशत बढ्यो एनएलजी इन्स्योरेन्सको नाफा, खुद बीमा शुल्कसँगै इपिएस पनि बढ्यो



काठमाडौं । एनएलजी इन्स्योरेन्स खुद नाफा ५४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले ८ करोड ७५ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा भने ५३.९६ प्रतिशत बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ५ करोड ६८ लाख ६३ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ६.०४ प्रतिशत वृद्धि भई ३१ करोड ३५ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । चालु आवको ६ महिनामा कम्पनीले ७१ करोड ३९ लाख १२ हजार रुपैयाँ खुद दावी भुक्तानी दिएको छ ।

समिक्षा अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ६.८३ प्रतिशत वृद्धि गरि ११ करोड ८४ लाख रुपैयाँ पुर्याएको छ । ६ महिनामा कम्पनीको कुल आम्दानी ५५ करोड ३० लाख र कुल खर्च ४३ करोड २२ लाख रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङमा १२ करोड ८० लाख अन्य इक्विटीमा १८ करोड रुपैयाँ छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ २१ पैसाले बढेर १२ रुपैयाँ पुगेको छ । यता, प्रतिसेयर नेटवर्थ भने २१४ रुपैयाँ ५६ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्