हकप्रद सेयर जारी गर्न लागेको एलआइसी नेपालको नाफा ६० प्रतिशत बढ्यो, व्यापारमा सुधारसँगै इपिएस पनि वृद्धि « Arthapath.com
२९ माघ २०८०, सोमबार

हकप्रद सेयर जारी गर्न लागेको एलआइसी नेपालको नाफा ६० प्रतिशत बढ्यो, व्यापारमा सुधारसँगै इपिएस पनि वृद्धि



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले ६ महिनामा साढे १३ करोड नाफा कमाएको छ । कम्पनीले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा ५९.७९ प्रतिशत बढेर १३ करोड ६६ लाख २५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ८ करोड ५५ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ६.०६ प्रतिशत वृद्धि भई ८ अर्ब ६२ करोड ४६ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको खुद दाबी भुक्तानीमा ३२.०४ प्रतिशत बढोत्तरी देखिएको छ । चालु आवको ६ महिनामा कम्पनीको यस्तो भुक्तानी ५ अर्ब २५ करोड ६९ लाख ७९ हजार रुपैयाँ कायम भएको छ।

यस्तै, ६ महिनामा कम्पनीले लगानी तथा कर्जाबाट १ अर्ब ११ करोड ३९ लाख रुपैयाँ र कमिसनबाट १४ लाख रुपैयाँ आम्दानी गरेको छ । समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी १४ अर्ब ४१ करोड ८४ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको आम्दानी गत वर्षको तुलनामा भने ३.७३ प्रतिशत बढेको हो । यता, कुल खर्च भने दोहोरो अंक अर्थात् १०.२६ प्रतिशत घटेर १ अर्ब ४ करोड ७१ लाख रुपैयाँ कायम भएको छ ।

हाल कम्पनी कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङ्ग २ अर्ब ७ करोड ५२ लाख, सेयर प्रिमियम ६ करोड ११ लाख र अन्य इक्विटी ६३ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ ८६ पैसाले बढेर १० रुपैयाँ ३१ पैसा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्