मेरो माइक्रोफाइनान्स लघुवित्तले सदस्य कमला जैसीलाई बीमा रकम हस्तान्तरण  « Arthapath.com
९ फाल्गुन २०८०, बुधबार

मेरो माइक्रोफाइनान्स लघुवित्तले सदस्य कमला जैसीलाई बीमा रकम हस्तान्तरण 



काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थाका सदस्य कमला जैसी बाहुनलाई बीमा रकम हस्तान्तरण गरेको छ ।

संस्थाबाट १ लाख रुपैयाँ लघु उद्यम कर्जा लिएका सदस्य कमला जैसी बाहुनको श्रीमान् प्रेम दत्त जोशीको मृत्यु दाबी बापत १ लाख रुपैयाँ हस्तान्तरण गरेको संस्थाले जनाएको छ । 

निजलाई सदस्य अभिभावक कर्जा बीमा अन्तर्गत उक्त बिमा रकम एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सहकार्यमा हस्तान्तरण गरिएको दोधारा चाँदनी, कञ्चनपुरका शाखा प्रबन्ध दीपेन्द्र वटालाले बताए ।

सदस्य कमला जैसी बाहुन मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय दोधारा–चाँदनी, कञ्चनपुरद्वारा प्रवर्द्धित लघुवित्त कार्यक्रममा आबद्ध छिन् ।


प्रतिक्रिया दिनुहोस्