यी हुन् सानिमा जिआइसी इन्स्योरेन्सका ठुला २० सेयरधनी, कसको सेयर स्वामित्व कति ? « Arthapath.com
२९ चैत्र २०८०, बिहीबार

यी हुन् सानिमा जिआइसी इन्स्योरेन्सका ठुला २० सेयरधनी, कसको सेयर स्वामित्व कति ?



काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीमा चार वटा वाणिज्य बैंकसहित २० वटा बैंक तथा वित्तीय स्था र व्यक्तिको सेयर स्वामित्व रहेको छ ।

कम्पनीमा २० ठुला सेयरधनीहरुको छन् । यी बैंक तथा वित्तीय संस्था र व्यक्तिहरको न्यूनतम शून्य दशमलव ५० प्रतिशत अर्थात् १ लाख कित्तादेखि ५.५० प्रतिशत अर्थात् ११ लाख कित्तासम्म सेयर स्वामित्वमा छ ।

कम्पनीमो सानिमा प्रालिको सबैभन्दा धेरै ११ लाख कित्ता (५.५० प्रतिशत) सेयर स्वामित्व रहेको छ । दोस्रो धेरै सानिमा बैंकको १० लाख कित्ता (५ प्रतिशत) सेयर स्वामित्व रहेको छ ।

कम्पनीमा कुमारी बैंकको ५ लाख कित्ता, मेगा बैंक नेपालको ५ लाख कित्ता, सांग्रिला डेभलपमेन्ट बैंकको ३ लाख कित्ता, ग्लोबल आइएमई बैंकको २ लाख कित्ता र गोर्खाज फाइनान्सको ३ लाख कित्ता सेयर स्वामित्व रहेको छ ।

व्यक्ति तर्फ भने सबैभन्दा धेरै जीवनाथ लामिछानेको धेरै छ । कम्पनीमा लामिछानेको ९ लाख ५० हजार कित्ता छ । यस्तै, विनयम कुमार श्रेष्ठको ८ लाख २० हजार कित्ता, मोतीलाल दुगडको ७ लाख, खेमराज लामिछानेको ४ लाख ६५ हजार, शाम्भा लामाको ४ लाख, सोनम ग्याट्सोको ३ लाख कित्ता सेयर स्वामित्व छ ।

यस्तै, घनश्याम थापाको ३ लाख कित्ता, विवेक दुगडको ३ लाख कित्ता, तेन्जिङ योग्दु नेपालीको २ लाख, बबिता कुमारी अग्रवाल केयालको ६ लाख ३५ हजार कित्ता, नामखाङ लामा १ लाख, भुवन कुमार दाहल १ लाख र मालचन्द्र दुगडको १ लाख ५० हजार कित्ता सेयर स्वामित्व रहेको छ।


प्रतिक्रिया दिनुहोस्