वर्ल्डरेमिट बाट खल्ती खातामा पैसा हाल्दा २०० बोनस पाइने « Arthapath.com
२० असार २०७८, आईतवार

वर्ल्डरेमिट बाट खल्ती खातामा पैसा हाल्दा २०० बोनस पाइने



काठमाडौं । नेपाल कै एक उदयमान अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट, ले वर्ल्डरेमिट बाट पैसा पठाउदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधा अन्तर्गत पठाईएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले २०० बोनस तुरुन्तै प्राप्त गर्न सक्ने छन ।

वर्ल्डरेमिट सँगको यस सहकार्यले चौबिसै घण्टा ४४ भन्दा बढी राष्ट्रहरुबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ । उक्त रकम प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाइ KYC भेरिफाइगराएको हुनुपर्ने कम्पनिले जनाएको छ ।

खल्तीमा पैसा पठाए पछि रकम पैसा र बोनस स्वतः दुबै खल्तीमा लोड हुनेछ । यसको विवरण खल्ती एप को त्चTransactions सेक्सनमा गइ सहजै हेर्न सकिन्छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्