कुलमानबारे प्रसंशा गर्दै डा लोहनीले गरे पुनः एक कार्यकाल थप्न माग « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

कुलमानबारे प्रसंशा गर्दै डा लोहनीले गरे पुनः एक कार्यकाल थप्न माग




काठमाडौँ । ४ वर्षे कार्यकालमा नेपाल विद्युत प्राधिकरणमा कायपलट गराएका कुलमान घिसिङ अहिले सर्वत्र चर्चाको पात्र बनेका छन । घिसिङले ४ वर्षमा देशलाई अध्याँरोबाट उज्यालो नेपाल बनाउृन सफल बनाएको भनदै जनस्तरमासमेत उनको प्रशंसा भएको छ ।


यसै सन्र्दभमा पुर्व अर्थमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाल विद्युत प्राधिकरणको चार बर्षे कार्यकालमा पुनः कुलमान घिसिंङ लाई निरन्तरता दिनु पर्ने बताएका छन । कुलमान घिसिंङको कार्य क्षमता अब नेपालमा सबैले थाहा पाईसके र देखिसके भन्दै डा. लोहनीले घिसिङलाई निरन्तरता दिन आग्रह गरेका छन ।


डा. लोहनीले कुलमानको इज्जत आफ्नो काम बाट कमाएको बताएका छन । अब उनको चार बर्षे कार्यकाल सकिदै छ । सरकारले उनलाई फेरि नियुक्तमा आशंका जन्मिएको भनदै लोहनीले अर्को चार वर्ष उनलाई काम गर्ने मौका दिन सरकारलाई आग्रह गरेका छन ।

लोहनीले कुलमानको प्रशंसा गर्दै सामाजीक संञ्जाल फेसबुकमा आफ्नो धारणा राखेका छन । बाँकी उनको फेसबुकबाट …।


प्रतिक्रिया दिनुहोस्