नेपाल र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरकाे आयाेजनामा सम्झौता « Arthapath.com
२ श्रावण २०७७, शुक्रबार

नेपाल र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरकाे आयाेजनामा सम्झौता



काठमाण्डौ – नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको सडक सहयोग आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।


शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा ४५ करोड अमेरिकी डलर ९झण्डै ५४ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग रहेको सडक सहयोग आयोजनामा हस्ताक्षर भएको छ ।


अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले आयोजनाको सम्झौतामा हस्ताक्षर गरेका छन ।


विश्व बैंकले कोभिड १९ पछि नेपालमा आर्थिक गतिविधिलाई बढावा दिन सडक सहयोग आयोजना अन्तर्गत यो रकम सहयोग गरेको हो । आयोजनाले यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधारलगायत सीमा पार व्यापारको दक्षतामा सुधार गर्नको लागि र रणनीतिक सडक सञ्जाल व्यवस्थापन क्षमताको सुदृढीकरणका लागि रकम खर्च गर्नेछ ।


हस्ताक्षर समारोहमा अर्थ मन्त्री खतिवडाले आयोजनाले सीमा पार बजारलगायत सडक सञ्जालको विस्तार र राष्ट्रिय एकीकरणलाई बढावा दिँदै कोभिड(१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउने बताउनुभयो ।


उहाँले नेपालमा आर्थिक वृद्धि गर्न, राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाई तीव्रता दिन र दिगो विकासका लक्ष्यहरुलाई प्राप्त गर्न आयोजना सहयोगी हुने बताउनुभयो । विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले कोभिड(१९ सङ्कटका बावजुद आर्थिक पुनरुत्थान गर्न नेपाल सरकारको प्रयासलाई आयोजनाले सघाउने बताउनुभयो ।


उहाँले रणनीतिक सडक सञ्जालको सुरक्षा तथा उत्पादनशील सुनिश्चितता तथा क्षेत्रीय व्यापार र सम्पर्क सञ्जालको सहजीकरण गर्न तथा रोजगारका अवसरहरुको सिर्जना गर्न आयोजनाले सहजीकरण गर्ने बताउनुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले आयोजनाले मुख्य यातायात मार्ग र सीमा पार बिन्दुमार्फत सामान ढुवानी गर्ने समय र लागत घटाउन सहयोग र्पुयाउने बताउनुभयो ।
आयोजनाले राष्ट्रिय सडक सुरक्षा परिषद् तथा सडक विभागको संस्थागत सुदृढीकरणलगायत रणनीतिक सडक सञ्जालभित्रका उच्च चाप रहेका अन्य सडकको आवधिक मर्मत गर्नमा समेत सहयोग गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्