संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न नेकपालाई पूर्वसभामुख महराको आग्रह « Arthapath.com
१७ बैशाख २०७७, बुधबार

संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न नेकपालाई पूर्वसभामुख महराको आग्रह



काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्रको आन्तरिक विवादलाई समाधान गर्न आग्रह गरेका छन् । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व आक्रान्त बनेकोले पार्टी भित्रको विवादे जनतामा निराशा छाउने हँदा आन्तरिक रुपमा नै समाधान गर्न आग्रह गरेका हुन् ।उनले आज प्रेस बक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।

उनले उक्त बक्तव्यमा भनेका छन्, “महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० ले अहिले विश्व आक्रान्त बनेको छ। कोरोना भाइरस संक्रमणबाट नेपाल पनि प्रभावित भएको छ । देश अहिले लकडाउनको अवस्थामा छ । अहिले मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको छ ।”

त्यस्तै उनले “अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ । हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला हो । मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन् । यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन । दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपील गर्दछु ।”

Image may contain: text


प्रतिक्रिया दिनुहोस्