प्रमाणिकरणको लागि पठाएको सञ्चार विद्ययेक प्रदेश प्रमुखले फिर्ता गरे « Arthapath.com
१ भाद्र २०७७, सोमबार

प्रमाणिकरणको लागि पठाएको सञ्चार विद्ययेक प्रदेश प्रमुखले फिर्ता गरे



काठमाडौं । प्रदेश सञ्चार विधेयक प्रमाणिकरणको लागि प्रदेश प्रमुख कार्यालयमा पठाएकोमा फिर्ता गरिएको छ ।

प्रदेश २ को सभाबाट सर्वसम्मतले पारित गरेको प्रदेश सञ्चार विधेयकमा प्राविधिक त्रुटि र अधिकांश शब्द संयोजनहरु समेत नमिलेको भन्दै सो विद्येयक फिर्ता पठाईएको प्रदेश प्रमुखका स्वकिय सचिव पद्म विश्वकर्माले बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश २ लाई पूर्ण रुपमा बेवास्ता गर्दै प्रदेश सरकारले पत्रकारितामाथि नै अंकुश लगाउने प्रावधानहरु राखि प्रदेशसभाबाट सर्वसम्मत रुपले पारित गरेर प्रमाणिकरणका लागि प्रदेश प्रमुख तिलक परियार समक्ष पठाइएको थियो ।


प्रतिक्रिया दिनुहोस्