बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१६ बैशाख २०८१, आईतवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सयले बढेको हो । महासंघका अनुसार आज छापवाला सुन प्रतितोला १ लाख ३७ हजार ६०० मा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३६ हजार ५५० मा कारोबार भएको थियो ।  

त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार चाँदी तोलाको १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्