असारमा निक्षेपकाे ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय « Arthapath.com
३० जेष्ठ २०८०, मंगलवार

असारमा निक्षेपकाे ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय



काठमाडौं । आगामी असार महिनामा बैंकहरुको निक्षेपकाे ब्याजदर यथावत हुने भएको छ । मंगलबार बसेको नेपाल बैंकर्सको बैठकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बैंशाख महिनादेखि कै ब्याजदर यथावत छ । जेठ महिनामा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्धति निक्षेपमा ९.९९ प्रतिशत ब्याजदर तोकेका छन् । यस्तै, संस्थागत मद्दति निक्षेपमा ७.९९९ प्रतिशत ब्याजदर तोकिएको छ ।

जेठ महिनामा पनि बचत खातामा भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । अब आगामी असारमा पनि सोही ब्याजर कायम हुने संघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्