साढे १५ करोड नतिर्ने रघुपति जुट मिलको लाइन काटियो, अझै ५६ वटा उद्योगले ९ अर्ब बढी रकम तिर्न बाँकी « Arthapath.com
५ चैत्र २०७६, बुधबार

साढे १५ करोड नतिर्ने रघुपति जुट मिलको लाइन काटियो, अझै ५६ वटा उद्योगले ९ अर्ब बढी रकम तिर्न बाँकी



काठमाडौं । रघुपति जुट मिलले कार्तिकसम्मको ११ करोड ९१ लाख रुपैयाँ नतिरेपछि विजुलीको लाईन काटिएको छ । नेपाल विद्युत प्राधिकरणलाई मिलले ४४ कित्तामा सम्पुर्ण रकम तिर्ने सहमती भएपनि लाईन काटिएको हो । मिलले डिटेकेटेड लाइनको १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ बक्यौता नततिरेपछि बुधबार लाइन काटिएको हो ।

प्रति किस्ता २७ लाख ६ हजार रुपैयाँ तिर्ने सहमति गरेको उद्योगले पैसा नतिरेपछि लाइन काटिएको विराटनगर वितरण केन्द्रले जानकारी दिएको छ ।
बक्यौता रकम नतिर्ने उद्योगको लाइन काट्न संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पनि प्राधिकरणलाई निर्देशन दिइसकेको छ । अहिले ५६ वटा उद्योगले डेडिकेटेड फिडर प्रयोगमार्फतको ९ अर्बभन्दा बढी रकम तिर्न बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्