चीनका लागि नवनियुक्त राजदूत पाण्डेद्वारा शपथ ग्रहण « Arthapath.com
१४ बैशाख २०७७, आईतवार

चीनका लागि नवनियुक्त राजदूत पाण्डेद्वारा शपथ ग्रहण



काठमाडौं । चीनका लागि नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डेद्वारा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आइतबार भएको शपथग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको हो ।

सरकारले १८ फागुनमा तत्कालीन राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेलाई चीनको राजदूत पदमा नियुक्त गरेको थियो । केपी शर्मा ओली नेतृत्वकै सरकारले पनि पाण्डेलाई ०७३ मा पनि चीनका लागि राजदूत सिफारिस गरेको थियो । तर, ओली नेतृत्वको सरकार परिवर्तनपछि गठित पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले त्यसवेला सिफारिस फिर्ता गरेर लीलामणि पौड्यालको नाम सिफारिस गरेको थियो ।

पौड्याल १३ कात्तिक ०७३ मा चीनका लागि राजदूत नियुक्त भएका थिए । उनको चारवर्षे कार्यकाल आगामी कात्तिक १२ सम्म थियो । तर, कार्यकाल सकिनुभन्दा ६ महिनाअघि नै प्रधानमन्त्री ओलीले उनलाई फिर्ता गरेर पाण्डेलाई राजदूत नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।


प्रतिक्रिया दिनुहोस्