महामारीबाट ९ करोड ६० लाख मानिस गरिबीको रेखामुनि पर्ने प्रक्षेपण « Arthapath.com
१८ भाद्र २०७७, बिहीबार

महामारीबाट ९ करोड ६० लाख मानिस गरिबीको रेखामुनि पर्ने प्रक्षेपण



काठमाडौं । कोरोनाभाइरसका कारण आगामी बर्ष ४ करोड ७ लाख महिला अति गरिबीतर्फ धकेलिने आँकलन गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक विवरणमा सन् २०२१ मा यस्तो असर देखिने उल्लेख गरिएको हो । संयुक्त राष्ट्रसंघको युएन वुमन र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले महिलाहरुको गरिबीको अवस्था अत्यधिक बढ्ने चिन्ता व्यक्त गरेको छ ।

सन् २०१९ देखि सन् २०२१ सम्ममा महिलाहरुको गरिबी बृद्धिदर २.७ प्रतिशतसम्म हुने छ । महामारीबाट ९ करोड ६० लाख मानिस गरिबीको रेखामुनि पर्ने प्रक्षेपण गरिएको छ । तीमध्ये महिलाको संख्या ४ करोड ७० लाख हुने अनुमान गरिएको हो । पिटिआई


प्रतिक्रिया दिनुहोस्