ताम्राकार कम्प्लेक्सबाट साढे ७ लाखको मोबाइल चोरी गर्ने नुवाकोटका राईसहित ५ जना पक्राउ « Arthapath.com
१९ आश्विन २०७७, सोमबार

ताम्राकार कम्प्लेक्सबाट साढे ७ लाखको मोबाइल चोरी गर्ने नुवाकोटका राईसहित ५ जना पक्राउ



काठमाडौं । करिब साढे ७ लाख बराबरको मोबाइल चोरी गरेको आरोपमा प्रहरीले नुवाकोटका राईसहित ५ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडको टोलीले काठमाडौँ महानगरपालिका–२२ पाको सडकमा रहेको ताम्राकार कम्प्लेक्समा ७ लाख ५० हजार मूल्य बराबरको मोबाइल चोरी गरेको आरोपमा उनीहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्याका २२ वर्षीय अमृत राई ,काभ्रेपलाञ्चोक पनौतीका ३२ वर्षीय प्रकाश तामाङ, २१ वर्षीय जनक तामाङ, काभ्रेपलाञ्चोक तेमालका २९ वर्षीय सोमा रानी तामाङ, दोलखा गौरीशङ्करका ४० वर्षीय छिरिङ शेर्पा र रहेको प्रहरीले जानकारी दिएको छ ।

वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाहले मिलेमतोमा सामान चोरी गरेर सस्तो मूल्यमा बिक्रीबितरण गर्ने गिरोहलाई पक्राउ गरिएको बताए । “जनक तामाङ र प्रकाश तामाङले सामान चोरी गरेर सस्तोमा सोमा रानी तामाङ, छिरिङ शेर्पा र अमृत राईलाई बिक्री गरेको अनुसन्धानमा खुलेको उनले बताए । प्रहरीले उनीहरुलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस्