हाइटेक इन्टरनेसनलका सञ्चालक श्रेष्ठविरुद्ध १ अर्ब ७१ करोड रुपैयाँ बिगो र ३ बर्ष कैद गर्न माग « Arthapath.com
२६ आश्विन २०७७, सोमबार

हाइटेक इन्टरनेसनलका सञ्चालक श्रेष्ठविरुद्ध १ अर्ब ७१ करोड रुपैयाँ बिगो र ३ बर्ष कैद गर्न माग



काठमाडौं । विदेशबाट अवैध रूपमा भन्सार छलेर सामान ल्याउने र त्यसको भुक्तानीका लागि पुनः अवैध तरिकाले अर्बौं रुपियाँ विदेश पठाउने हाइटेक इन्टरनेसनल प्रालिका सञ्चालक हरिकुमार श्रेष्ठविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्धा दायर गरेको छ । १ अर्ब ७१ करोड ५६ लाख रुपियाँको बिगो कायम गरेर मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

विभागले श्रेष्ठबाट बिगोको तेब्बरसम्म असुलउपर र ३ वर्ष कैद गर्न माग गर्दै बिहीबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

श्रेष्ठले भन्सार छली गरेर सामान ल्याउने, यथार्थ कारोबार नदेखाउने र त्यस्ता सामानको भुक्तानी गर्न बैङ्कको स्वीकृति नलिई रकम विदेश पठाउने गरेको पाईएको छ ।

उनीविरुद्ध विदेशी विनिमय नियमित गर्ने ऐनको प्रावधानअनुरूप ५ अर्ब १४ करोड रुपियाँ असुल गर्नुपर्ने र ३ वर्ष कैद गर्नुपर्ने अभियोग पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर भ्याट बिलबिजक प्रयोग गरेर राजस्व छलेको अभियोगमा ललितपुरस्थित मनिस ट्रेडिङ कन्सर्नका किशोरी यादवसहित ३ जनाविरुद्ध पनि मुद्दा दायर गरेको हो ।


प्रतिक्रिया दिनुहोस्