शिवम् सिमेन्टको ५ औ साधारणसभा कात्तिक २४ गते « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

शिवम् सिमेन्टको ५ औ साधारणसभा कात्तिक २४ गते



काठमाडौं । शिवम् सिमेन्टले कात्तिक २४ गते ५ औ वार्षिक साधारणसभा बोलाएको छ । त्यस्तै कम्पनीको सञ्चालक समितिले असोज २८ मा २४.२१ प्रतिशत लाभांस घोषणा पनि गरेको छ । उक्त लाभांस कात्तिक १२ गतेसम्म कायम शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि कात्तिक १३ गते बुक क्लोज गर्ने भएको छ । कात्तिक १२ गतेसम्म शेयर खरिद गर्नले साधारणसभामा भाग लिन पाउनुका साथै नगद लाभांस प्राप्त गर्न सक्ने छन् । कम्पनीले गत वर्षको नाफाबाट एक अर्ब ६ करोड रुपैयाँ नगद लाभांस प्रदान गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी चार अर्ब ४० करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्