कोरोना संक्रमण समुदायमा गएर भयावह स्थिति सिर्जना भयोः चिकित्सक संघ « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

कोरोना संक्रमण समुदायमा गएर भयावह स्थिति सिर्जना भयोः चिकित्सक संघ



काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायमा प्रवेश गरेर भयावहस्थिति सिर्जना भएको भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ । देशभर संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको र ६९४ जनाको मृत्यु भइसकेको भन्दै संघले सरकारले अत्यावश्यक औषधि सहज उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

‘संक्रमण समुदायमा प्रवेश गरी भयावह स्थितिको सिर्जन हुन गएकोप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ’, महासचिव डा। बद्री रिजालले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्