ट्रकले ठक्कर दिदा धादिङकी दुई वर्षीया बालिकाको ज्यान गयो « Arthapath.com
१७ कार्तिक २०७७, सोमबार

ट्रकले ठक्कर दिदा धादिङकी दुई वर्षीया बालिकाको ज्यान गयो



काठमाडौं । काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको ज्यान गएको छ । काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा एनएल ०१ एडी ७१९३ नम्बरको ट्रकको ठक्करबाट बाफल बस्ने धादिङकी २२ वर्षीय देवी तामाङकी दुई वर्षीय छोरी दिपशिखा तामाङको हिजो बेलुका ज्यान गएको हो ।

बा ५६ प ४४५ नम्बरको स्कुटरले देवीलाई ठक्कर दिँदा साथमा बोकेकी छोरी सडकमा खसेपछि सो ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी दीपशिखाको उपचारका क्रममा मनमोहन मेमोरियल अस्पताल सितापाइलामा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

देवीलाई ठक्कर दिने स्कुटर र दीपशिखालाई ठक्कर दिने ट्रक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्