कोरोना भाइरसको नयाँ प्रकार देखिएसंगै विदेशी नागरिकलाई जापान प्रवेशमा रोक « Arthapath.com
१२ पुष २०७७, आईतवार

कोरोना भाइरसको नयाँ प्रकार देखिएसंगै विदेशी नागरिकलाई जापान प्रवेशमा रोक



काठमाडौं । जापान सरकारले नेपाल लगाएतका विदेशी नागरिकलाई जापान प्रवेश गर्न रोक लगाएको छ ।

जापानमा कोरोना भाइरस कोभिड १९ को नयाँ प्रकार भेरियन्ट भेटिएकाले विदेशी नागरिकलाई जापान प्रवेश गर्न निषेध गर्ने निर्णय हो । यो निर्णय सोमबारदेखि लागु हुनेछ । प्रतिबन्ध विश्वका अधिकांश मुलुकहरुमा लागू हुनेछ ।

जापानी नागरिक तथा जपानमा बसोबास गर्ने विदेशीहरुले भने जापानमा आउन पाउनेछन । तर, उनीहरुले १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । शनिबार जापानको टोकियोमा कोरोनाको नयाँ भेरियन्टका दुई संक्रमित फेला परेका थिए ।


प्रतिक्रिया दिनुहोस्