नक्कली सुनलाई सक्कली सुन भनी कारोबार गर्ने धादिङका सापकोटा पक्राउ « Arthapath.com
२५ पुष २०७७, शनिबार

नक्कली सुनलाई सक्कली सुन भनी कारोबार गर्ने धादिङका सापकोटा पक्राउ



काठमाडौं । नक्कली सुनलाई सक्कली भनी ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन । उनले नक्कली सुनलाई सक्कली भनी दिई सुनचाँदी व्यवसायीलाई ठगी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएके छ ।


पक्राउ पर्नेमा ललितपुर गोदावारी बस्ने धादिङ थाक्रे गाउँपालिका ११ घर भएका रवि क्षेत्री भन्ने ३४ वर्षीय राज सापकोटा सुनार रहको प्रहरीले जानकारी दिएको छ ।


उनलाई मंगलवार साँझ महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । उनको साथबाट सुनको जस्तो देखिने ब्रास्लेट, सुनको जस्तो देखिने सिक्री र उक्त गहनाको बिलहरू समेत प्रहरीले बरामद गरेको छ ।

सापकोटाले असोज ६ गते चन्द्रागिरी नगरपालिका ७ थानकोट चेकपोष्टस्थित सुनचाँदी गहना पसलमा विल सहित सुन जस्तो देखिने ब्रास्लेटलाई सुन हो भनी बन्दकी राखी नगद १ लाख ८० हजार रुपैयाँ ठगी गरेको तथा पुस १७ गते चन्द्रागिरि नगरपालिका(१२ गुर्जुधारास्थित सुनचाँदी गहना पसलमा विल सहित सुन जस्तो देखिने बालालाई सुन हो भनि बन्दकी राखी नगद २ लाख ८० हजार रुपैयाँ ठगी गरी भागेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्