माघ ९ गतेदेखि १ अर्बको ‘सानिमा लार्ज क्याप फण्ड’ को इकाई जारी हुने « Arthapath.com
२७ पुष २०७७, सोमबार

माघ ९ गतेदेखि १ अर्बको ‘सानिमा लार्ज क्याप फण्ड’ को इकाई जारी हुने



काठमाडौं । सानिमा म्युचुअल फण्डले माघ ९ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको सामूहिक लगानी कोष ‘सानिमा लार्ज क्याप फण्ड’ को इकाई जारी गर्ने भएको छ । सानिमा क्यापिटल अन्तर्गत सञ्चालित सानिमा म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।

क्यापिटलले जारी गर्न लागेको यो बन्दमुखी प्रकृतिको योजना हो । यसको अवधि ७ वर्षको रहेको छ । फण्डको निष्काशित इकाइमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सानिमा बैंकलाई सुरक्षित गरी गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणमा बिक्री गरिने क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले माघ ९ देखि १३ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिमा निष्काशित सबै इकाई बिक्री नभए माघ २६ गतेसम्म आवेदन खुला रहने जनाइएको छ । इच्छुक लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिनसक्ने क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्