बढी ब्याज लिने र ब्याजलाई पूँजीकरण गर्ने सहकारीलाई ६ लाख जरिवाना « Arthapath.com
२ माघ २०७७, शुक्रबार

बढी ब्याज लिने र ब्याजलाई पूँजीकरण गर्ने सहकारीलाई ६ लाख जरिवाना



काठमाडौं । बढी ब्याज लिने र ब्याजलाई पूँजीकरण गर्ने सहकारीले ६ लाख जरिवाना तिर्नुपर्ने भएको छ । बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक सूचना जारी गर्दै सहकारी संघ संस्थालाई प्रचलित कानून कार्यान्वयनमा कडाई गर्ने भएको हो । सहकारी संघरसंस्थाहरुले प्रचलित सहकारी कानुनको प्रतिकूल हुने गरी काम गरेमा ६ लाखसम्म जरिवाना गर्ने भएको हो ।

कार्यक्षेत्रभन्दा बाहिर कारोबार गरेमा, सदस्यसँग बढि ब्याज लिएमा र ब्याजलाई साँवामा पूँजिकृत गरेको पाइएमा ६ लाखसम्म जरीवाना गर्ने भएको हो । पौष २९ गते मन्त्रालयको सचिव स्तरिय प्रकाशन गरेकोे निर्णय अनुसार ३ हजारदेखि ६ लाखसम्म जरिवाना महाशाखाले जारी गरेको सूचनामा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्