फाईभ पी नेपाल ईन्टरनेशनल एक्स्पो २०२१ सुरु « Arthapath.com
८ माघ २०७७, बिहीबार

फाईभ पी नेपाल ईन्टरनेशनल एक्स्पो २०२१ सुरु



काठमाडौं । प्रिन्टि,प्याकेजिपेपर,प्लास्टिक र प्रोसेसिउद्योगलाई आधार बनाई संचालन गरिएको फाईभ पी नेपाल ईन्टरने स्पो–२०२१’बुधबारदेखि सुरु भएको छ ।

तीनदिन सम्म संचालन हुने एक्स्पोको बुधबार एक समारोहकाबीच भर्चुअल माध्यमबाट उद्घाटन भएको छ । बिगतका बर्षहरुमा भौतिक रुपमा एक्स्पोको आयोजन गर्ने गरिएको र गतबर्ष समेत काठमाडौंको भृकुटीमन्डमपमा आयोजना गरिएको भएपनि यस बर्ष कोभिड १९ कोकारण भर्चुअल माध्यमबाट एक्स्पोको आयोजना गरिएको कम्पनिले जनाएको छ ।

एक्स्पोको उद्घाटन भारतका उद्योग तथा ब्यापार बिभागका निर्देशक आलोक मालभीया, नेपाल स्थित भारतीय राजदुताबासक ाप्रथम सचिव अभिशेख उपाध्याय, नेपाल मुद्रण उद्योग महासघका अध्यक्ष पुस्कल गौतम, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ, भारतीय च्याम्बर अफ कमर्सका बिदेश बिभाग अध्यक्षनवीन सर्दना र आयोजक संस्था फ्युचरेक्स ट्रेड एन्ड ईभेन्टका म्यानेजि डाईरेक्टर प्रेम अनवेशी र सुजल भट्टराई लगायतका बक्ताहरुले एक्स्पोको महत्वका बिषयमा जानाकारी गराएका थिए ।

उक्त एक्स्पोमा प्रिन्टिप्याकेजि, पेपर, प्लास्टिक र प्रोसेसिड्डउद्योगसंग सम्बन्धित नेपालभारत लगायत बिभिन्न देशका उद्योगहरुले आफ्ना उत्पादन तथा प्रबिधिहरुलाई प्रदर्शनमा राखेका छन् । साथै उद्घाटनकै क्रममा करिव एक हजार जनाले भर्चुअल माध्यमबाट प्रदर्शनिको अवलोकन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्