कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ जनालाई कोरोना « Arthapath.com
६ बैशाख २०७८, सोमबार

कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ जनालाई कोरोना



काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ जनालाई कोरोना संक्रमण देखिएको छ ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका छन ।

कोरोना संक्रमण देखिएपछि सास्ती हुने र यसलाई खेलाँची नगर्न पनि सबैलाई आग्रह गरेका छन् । ‘भइसकेपछि सास्ती चाहिं हुने रहेछ, त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला । जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला,’ उनले फेसबुकमा लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस्