शिक्षाको गुणस्तर सुधारका लागि विश्व बैंकले ७ अर्ब २० करोड सहयोग गर्ने « Arthapath.com
३० जेष्ठ २०७८, आईतवार

शिक्षाको गुणस्तर सुधारका लागि विश्व बैंकले ७ अर्ब २० करोड सहयोग गर्ने



काठमाडौं । नेपालको उच्च शिक्षाको गुणस्तर सुधार गर्नको लागि विश्व बैंकले ७ अर्ब २० करोड सहयोग गर्ने घोषणा गरेको छ ।

बैंकले एक विज्ञप्ति जारी गदै नेपालको शिक्षाको गुणस्तर कायम गर्नको लागि ७ अर्ब २० करोड सहयोग गर्ने जनाएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्र्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको स्रोतले जनाएको छ ।

उक्त विज्ञप्तिमा “मानव पूँजी विकास तथा सबल पुनःनिर्माणलाई प्राथमिकतामा राख्नु कोभिड–१९ को महामारीका बेला अपरिहार्य भएको रहेको उल्लेख गरिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्