राष्ट्रिय बीमा कम्पनी १० बर्षपछि बार्षिक साधारण सभा गर्ने तयारीमा, लाभांश कहिले दिन्छ ? « Arthapath.com
४ असार २०७८, शुक्रबार

राष्ट्रिय बीमा कम्पनी १० बर्षपछि बार्षिक साधारण सभा गर्ने तयारीमा, लाभांश कहिले दिन्छ ?



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले १० बर्षको बार्षिक साधारण गर्ने तयारी गरेको छ । करिब १ दशकको वार्षिक साधारणसभा गर्न बाँकि रहेको राष्ट्रिय बीमा कम्पनीले साधारण सभा बोलाउने तयारी गरेको हो ।

कम्पनीले निरन्तर बार्षिक साधारण सभा नगरेर ३–४ बर्षको एकै पटक गर्ने गरेको छ । कम्पनीले २०७४ सालामा २०६०–०६१ देखि २०६२–०६३ को र २०७५ सालमा २०६२–०६३ देखि २०६७–०६८ सम्मको वार्षिक साधारणसभा एकैपटक गरेको थियो ।

जेठ महिनामा कम्पनीले ५ आर्थिक वर्षको लेखापरिक्षण प्रतिवदेन बीमा समितिमा स्वीकृतिका लागि पेश गरेको छ । कम्पनीले आर्थिक बर्ष २०६८–०६९, आर्थिक बर्ष २०६९–०७०, आर्थिक बर्ष २०७०–०७१, आर्थिक बर्ष २०७१–०७२ र आर्थिक बर्ष २०७२–०७३ सम्मको लेखापरिक्षण प्रतिवेदन बीमा समितिमा पठाएको हो । त्यसपछि कम्पनीले आर्थिक बर्ष २०७३–०७४, आर्थिक बर्ष २०७४–०७५, आर्थिक बर्ष २०७५–०७६ र २०७६–०७७ को लेखापरिक्षण प्रतिवेदन पेश गर्नेछ ।

कम्पनीका अनुसार वार्षिक साधारणसभा गर्न महालेखा परीक्षकबाट आर्थिक बर्ष २०७५–०७६ सम्मको लेखापरीक्षण गर्ने काम अन्तिम चरणमा पुगेकाले दसैँ अगावै बार्षिक साधारण सभा गर्ने तयारीमा रहेको छ । लेखापरीक्षणका आधारमा सेयरधनीहरुलाई लाभांश घोषणा गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका सेयरधनीले लाभांश पाउनका लागी सबै आर्थिक बर्षको लेखापरिक्षण प्रतिवेदा पेशगरेपछि मात्रै वितरण गर्न पाउनेछ । बाँकी लेखापरिक्षण अवको ३ महिना भित्रमा पेश गर्ने लक्ष रहेपनि कोरोना महामारीले रोकिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्