बिहिबार घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ? « Arthapath.com
१० असार २०७८, बिहीबार

बिहिबार घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मुल्य सामान्य घटेको छ । आज सुन प्रतितोला २ सयले घटेर छापावाला सुन प्रतितोला ९० हजार ५ सय र तेजावि सुन ९० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मुल्य भने स्थिर रहेको छ आज चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार सुन तोलामा २ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ७ सयमा र तेजावि सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भएको थियो । भने चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार एकैदिन सुन तोलामा ६ सयले बढेको छापावाला सुन प्रतितोला ९१ हजार र तेजावि सुन प्रतितोला ९० हजार ५ सयमा कारोबार भएको थियो । त्यसैगरी चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यसैगरीे सोमबार ४ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९० हजार ४ सय र तेजावि सुन ८९ हजार ९ सय रुपैयाँ कारोबार भएको थियो । भने चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको थियो ।

आइतबार छापावाला सुन तोलमा एकैदिन ८ सयले घटेर प्रतितोला ९० हजार र तेजावि सुन प्रतितोला ८९ हजार ५ सय रुपैँयामा कारोबार भएको थियो । भने चाँदी पनि एकैदिन ५० रुपैँयाले घटेर प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्