फेरी घट्यो सुन, तोलामा ९० हजार पुग्यो « Arthapath.com
१६ असार २०७८, बुधबार

फेरी घट्यो सुन, तोलामा ९० हजार पुग्यो



काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मुल्य ६ सयले घटेको छ । आज सुन तोलामा एकैदिन ६ सयले घटेर छापावाला सुन प्रतितोला ९० हजार र तेजावि सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।

हिजो मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय र तेजावि सुन प्रतितोला ९० हजार १ सयमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १ हजार ३ सयमा कारोबार भएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्