सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन सम्पन्न « Arthapath.com
२१ असार २०७८, सोमबार

सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन सम्पन्न



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन सम्पन्न भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो पहिलो चरणमा तामाकोशीबाट ७६ मेगावाट विजुली उत्पादन हुने छ । ४५६ मेगावाट क्षमताको उक्त आयोजनामा ७६/७६ मेगावाट जडित क्षमताका ६ वटा एकाई (टर्बाइन) जडान गरिएको छ ।

स्वदेशी लगानीको सबैभन्दा ठूलो आयोजनामा पर्ने माथिल्लो तामाकोशीको लागत झन्डै ८० अर्ब पुगेको छ । परीयोजनाले आर्थिक वुद्रिमा १ प्रतिशत योगदान दिने अर्थ तथा ऊर्जामन्त्री विष्णु पौडेलले विष्णु पौडेलले बताएका छन ।

माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित बिजुली विद्युत गृह रहेको गोगरबाट न्यू खिम्ती सबस्टेशन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सबस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा माथिल्लो तामाकोशीबाट उत्पादित बिजुली जोडिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्