आइतबार १५३३ जना कोरोना संक्रमणमुक्त भए, १८३१ जनामा कोरोना संक्रमण « Arthapath.com
२७ असार २०७८, आईतवार

आइतबार १५३३ जना कोरोना संक्रमणमुक्त भए, १८३१ जनामा कोरोना संक्रमण



काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १९ हजार ८ सय ९४ जना पुगेको छ । हाल देशभर २६ हजार १ सय ७३ संक्रिय संक्रमित रहेका छन भने ३ सय ४ जना क्वारेन्टीनमा रहेका छन ।

त्यसैगरी वितेको २४ घण्टामा थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षण विधिबाट १द्द सय ३७ र एन्टीजेनविबिधिबाट ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी वितेको २४ घण्टामा २० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३ सय ८२ पुगेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्