ग्लोबल आइएमई बैंकले ल्यायो ७.९९ प्रतिशत ब्याज दरमा विशेष आवास कर्जा योजना « Arthapath.com
१ श्रावण २०७८, शुक्रबार

ग्लोबल आइएमई बैंकले ल्यायो ७.९९ प्रतिशत ब्याज दरमा विशेष आवास कर्जा योजना



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा ९ज्यmभ ीयबल० योजना ल्याएको छ ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरीे यो योजना ल्याएको हो ।

यस विशेष आवास कर्जा योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम् . १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् । उक्त योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष शत–प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

नेपालभरी ७६ जिल्लामा फैलिएको बैंकका सम्पूर्ण शाखाहरुबाट उक्त सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्