मंगलबार नेप्सेमा १४ प्रतिशत बोनस सेयर सूचीकृत « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

मंगलबार नेप्सेमा १४ प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज साउन ५ गते मंगलबार संस्थाको १४ प्रतिशत बानेस सेयर सूचीकृत भएको हो ।

संस्थाको १४ प्रतिशत अर्थात् ८० हजार १४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त लाभांश सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

संस्थाले हाल कायम चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार ४७० रुपैयाँको १४ प्रतिशतले हुन आउने ८० लाख १४ हजार २ सय २६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ४ लाख २१ हजार ८ सय १ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबामट पारित गरिसकेको छ ।

60f67708030e2.jpg


प्रतिक्रिया दिनुहोस्