दुई दिन बढेको नेप्से मंगलबार सामान्य अंकले करेक्शन « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

दुई दिन बढेको नेप्से मंगलबार सामान्य अंकले करेक्शन



काठमाडौं । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) सामान्य अंकले करेक्शन भएको छ । निरन्तर बढेको नेप्से मंगलबार भने सामान्य अंकले करेक्शन भएको हो । आइतबार ९७.२१ अंक र सोमबार १३.९७ अंकले बढेको नेप्से मंगलबार भने ९ अंकले घटेको हो ।

मंगलबार नेप्से परिसूचक ९.०१ अंकले घटेर २८८५.५७ अंकमा बन्द भएको छ । मंगलबार दिनभरिमा २१९ कम्पनीको ३ करोड १६ लाख ०८ हजार कित्ता सेयर ८४ हजार पटक किनबेच हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार ५ समूहको सेयरमा हरियाली छाएको छ भने ८ समूहमा राताम्य छ ।


प्रतिक्रिया दिनुहोस्