इलाममा मतगणना सुरू « Arthapath.com
१६ बैशाख २०८१, आईतवार

इलाममा मतगणना सुरू



काठमाडौं । इलाममा मतगणना सुरू भएको छ। ११ बजेदेखि सुरु गर्ने भनिएको इलाम-२ उपनिर्वाचनकाे मतगणना एक घण्टापछि सुरु गरिएको हो ।

फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडाको मत गणना सुरु भएको हो । इलाम क्षेत्र नम्बर-२ मा शनिबार उपनिर्वाचन भएको थियो।
एमाले नेता सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो।

शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो। यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्।


प्रतिक्रिया दिनुहोस्