प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा « Arthapath.com
१६ बैशाख २०८१, आईतवार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी विराटकुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३ सय ७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको २ हजार ७ सय ४५ कित्ता गरी कुल ३० हजार १ सय २० कित्ता सेयर बिक्रीमाल्याएको हो ।

उक्त सेयरमा इच्छुक संस्थापक सेयरधनीहरूले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने इन्स्योरेन्सले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्