३१२३ जनामा कोरोना संक्रमण, २५ जनाको मुत्यु « Arthapath.com
६ श्रावण २०७८, बुधबार

३१२३ जनामा कोरोना संक्रमण, २५ जनाको मुत्यु



काठमाडौं । आज बुधबार थप ३ हजार १ सय २घ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षण विधिबाट २ हजार २ सय र एन्टीजेनविधिबाट ९ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै हालसम्म कोरोना संत्रमित हुनेको संख्या ६ लाख ७२ हजार ८ सय ७१ पुगेको छ ।

त्यसैगरी वितेको २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मुत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ९ हजार ६ सय ३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३६ हजार ४ सय २ जना पुगेको छ । हाल देशभर २६ हजार ८ सय ३२ जना .संक्रिय संक्रमित रहेका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्