नेपाल बङ्गलादेश बैंककोे विस्तारित सेवा केन्द्रको सुभारम्भ « Arthapath.com
१० श्रावण २०७८, आईतवार

नेपाल बङ्गलादेश बैंककोे विस्तारित सेवा केन्द्रको सुभारम्भ



काठमाडौं । नेपाल वंगलादेश वैंकले मोरङ्ग जिल्ला, लेटाङ्ग नगरपालीकाको वुधवारे वजारमा आफ्नो ८ औ विस्तारित सेवा केन्द«को औपचारीक सुभारम्भ गरेको छ ।

वुधवारे वजार लेटाङ्ग नगरपालीको वार्ड नम्वर १, २ र ३ तथा केरावारी गाउँपालीकाको वडा नम्वर ९ का लागी केन्द्रको रुपमा स्थापित भई वैंकिङ्ग पहुचवाट टाढा रहेको अवस्थामा लेटाङ्ग नगरपालीको अनुरोधका साथै ग्रमिण भेगमा वित्तिय पहुँच पुर्याइ हरेक नेपालीको एक वैंक खाता खोल्ने नेपाल सरकारको नितिलाई सघाउ पुर्याउने उदेश्यका साथ एक औपचारीक कार्यक्रमका विच वैकले आफ्नो सेवा केन्द्र संचालनमा ल्याएको हो । उक्त विस्तारित सेवा केन्द्रको सुभारम्भ प्रदेश नम्वर १, मोरङ्ग ख का प्रदेश सांसद उपेन्द्र घिमिरेले गर्नभएको थियो ।

यस बिस्तारित सेवा बाट यस भेगमा छरिएर रहेको पुँजिलाई एककिृत गर्न सघाउ पुग्नका साथै विदेशवाट प्राप्त हुने रेमिटान्स सोझै वैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोवारका लागि लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारवाट बैंकिङ प्रणालि मार्फत प्राप्तहुने सम्पुर्ण सेवाहरु सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलवि खाता संचालन गर्न सहज हुने लगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।

“सवैका लागी वैंक” भन्ने मुल उदेश्य राखि स्थापनाको २७ औ वर्ष पुरा गरेको नेपाल वंगलादेश बैकले आफ्ना ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्