अपि पावरको हकप्रद शेयर बिक्रि खुल्ला,यसरि दिनुहोस आवेदन ? « Arthapath.com
१३ श्रावण २०७८, बुधबार

अपि पावरको हकप्रद शेयर बिक्रि खुल्ला,यसरि दिनुहोस आवेदन ?



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आजबाट वितरण हुन नसकेको हकप्रद विक्री गर्ने भएको छ । कम्पनिले वितरण हुन नसकेको शेयर लिलाम बढाबढ गरि बिक्री गर्न लागेको हो ।

गएको जेठ २० गतेदेखि असार १३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको २ लाख १५ हजार ५ सय ९९ कित्ता सेयर लिलाम बढाबढ गरी आजैबाट बिक्री गर्न लागेको हो ।

इच्छुक लगानीकर्ताले साउन १३ गते, बुधबारबाट साउन २० गते, बुधबारसम्म शिलबन्दी बोलपत्र पेश गरि आवेदन दिन सक्ने छन ।न्युनतम प्रतिसेयर १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ हात्तिसार मार्ग, कमलादी, काठमाडौँ तथा मुक्तिनाथ विकास बैंक लिमिटेडका ठीमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगंज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरका शाखा कार्यालयबाट आवेदन दिन सक्ने क्मपनिले जानकारी दिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्