साउन २९ गतेदेखि साहस उर्जाले ३५ लाख कित्ता आईपीओ निष्काशन गदै « Arthapath.com
२१ श्रावण २०७८, बिहीबार

साउन २९ गतेदेखि साहस उर्जाले ३५ लाख कित्ता आईपीओ निष्काशन गदै



काठमाडौं । साउन २९ गतेबाट साहस उर्जा लिमटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ३छ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।

आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाको लागि कम्पनिले १०० रुपैयाँ अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। उक्त शेयरमा साृन २९ गतेबाट छिटोमा भदौ ११ गतेसम्म र ढिलोमा भदौ २७ गते सम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आवेदन दिन सक्ने छन ।

इच्छुक आयोजना प्रभावीत क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट आवेदन दिन सक्ने कम्पनिले जानकारी दिएको छ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछन ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्