प्रदेश र स्थानीय जनप्रतिनिधिलाई पार्टि फुटमा नलाग्न एमालेको निर्देशन « Arthapath.com
१४ भाद्र २०७८, सोमबार

प्रदेश र स्थानीय जनप्रतिनिधिलाई पार्टि फुटमा नलाग्न एमालेको निर्देशन



काठमाडौं । प्रदेश र स्थानीय तहका नेतालाई एमालेले पार्टि फुटमा नलाग्न निर्देशन दिएको छ । अन्तरपार्टि निर्देशन अपानी जारी गदै एमालेले पार्टि फुटाउनकने लागि ल्याएको अध्यादेशबाट प्रभावित नहुन नेताहरुलाई निर्देशन दिएको हो ।

स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गराउन जारी गरिएको उक्त अन्तरपार्टी निर्देशन (अपानी) मा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्नसक्ने प्रावधान राखिएकोले अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।

त्यसैगरी निर्वाच आयोगले जारी गरेको २१ दिनसम्म प्रदेशसभा सदस्यहरु तथा स्थानीय तहका जनप्रतिनिधिले पार्टि रोज्नु पर्ने सुचनाबाट पनि प्रभावित नभई विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिधिहरूलाई बैठकले निर्देशित गरेको छ ।’ उक्त अपानीमा लेखिएको छ ।

सरकारले २० प्रतिशत केन्द्रीय सदस्य बनाएर पार्टि फुटाउन मिल्ने अध्यादेश ल्याएपछि माधव नेपालले पार्टि फुटायर नेकपा (एकीकृत समाजवादी) गठन गरेका गरिसकेका छन ।

भदौ २२ सम्म एमाले र जसपा त्याग्ने प्रदेश र स्थानीय जनप्रतिनिधिलाई कुनै कारवाही हुँदैन ।


प्रतिक्रिया दिनुहोस्