आजसम्म कायम लगानीकर्ताले एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिन पाउने « Arthapath.com
३१ भाद्र २०७८, बिहीबार

आजसम्म कायम लगानीकर्ताले एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिन पाउने



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनका लागि एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज १ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र बैंकको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।

बैंकले हाल कायम चुक्ता पूँजीको १०ः३ को अनुपातमा १ सय रूपैयाँ अंकित दरमा ३० प्रतिशत अर्थात २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ । हकप्रद शेयर निष्काशन तथा बिक्री गर्न नेपाल धितोपत्र बोर्डले बैंकलाई अनुमति दिईसकेको छ ।

बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार रूपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर निष्कासनपछि बैंकको पूँजी १ अर्ब ५ करोड ४४ लाख पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्