शेयर बजार पुनः ओरालो लाग्यो, ७७ अंकले बजार घट्दा ६ समूहको शेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो « Arthapath.com
३१ भाद्र २०७८, बिहीबार

शेयर बजार पुनः ओरालो लाग्यो, ७७ अंकले बजार घट्दा ६ समूहको शेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो



काठमाडौं । महिनाको अन्तिम दिन अर्थात साताको अन्तिम दिन शेयर बजारमा भारि अंकले गिरावट आएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाले ब्याजदर सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर सार्वजनिक भएपछि त्यसको प्रभाव बजारमा परेको शेयर विज्ञ बताउँछन् । एकातिर लगानीकर्ता शेयर धितोमा गरेको कडाई विरुद्ध आन्दोलनरत छन् भने अर्काेतर्फ बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको नयाँ ब्याजदरले पनि त्यसको प्रभाव परेको बताइन्छ ।

पछिल्लो समय नियामक निकाय लगायत केही ठूला लगानीकर्ताले नै बजारलाई प्रभावित पारेका छन् भने अर्काेतर्फ अर्थमन्त्रीलाई समेत बजारमा प्रभाव पारेको आरोप लागि रहेको छ । यस्ता थुप्रै कारणले गर्दा शेयर बजारमा पछिल्ला केही दिन यता बजारमा नकारात्मक प्रभाव परिरहेको छ ।

साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७६.६५ प्रतिशतले घटेर २८१२.३८ अंकमा बन्द भएको छ । यसअघि पनि बजार घटबढ हुँदै आएको छ । केही लगानीकर्ताहरुले बजारमा बियरिस शुरु भएको बताउछन् ।

बिहीबार दिनभरिमा २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर १ लाख १३ हजार ८०७ पटक किनबेच हुँदा ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार बजारमा सबै समूहमा राताम्य छाएको छ । बिहीबार फइनान्न्स समूहले सार्वधिक ४.९४ प्रतिशतका दरले गुमाएका छन् । भने हाइड्रोपावर समूहका लगानीकर्ताले ४.०८ प्रतिशत, विकास बैंकका लगानीकर्ताले ३.६३ प्रतिशतका दरले गुमाएका छन् । व्यापार, होटल तथा पर्यटन, विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।

बिहीबार अरुण भ्याली हाइड्रोपावरको साढे ३८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, रिडी हाइड्रोपावरको २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको छ । सो लघुवित्तको शेयरमूल्य यस दिन ८१.८० रुपैयाँ बढेर ८९९.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्