बुद्धभुमि हाईड्रोपावरको आईपिओ वाँडफाँड, ४० हजारले पाए १० कित्ता « Arthapath.com
३१ भाद्र २०७८, बिहीबार

बुद्धभुमि हाईड्रोपावरको आईपिओ वाँडफाँड, ४० हजारले पाए १० कित्ता



काठमाडौ। बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ । नुवाकोट जिल्लाका स्थानिय वासिन्दाका लागि जारी गरेको ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ बाँडफाँड गरेको हो ।

माग गरेभन्दा बढि आवेदन परेकाले गोलापथाबाट बाडँफाँड गरिएको बिक्री प्रबन्धक सिभिल क्यापीटलले जनाएको छ ।

करिव ४० हजार जना आवेदकले १० कित्ताका दरले पाएका छन भने ६ हजार ८५ जनाको हात खाली भएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताए ।

श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि भाद्र १५ गते सम्म शेयर बिक्री खुल्ला गरेको थियो । कम्पनिको आईपीओमा ३२ लाख ९ हजार १ सय ३ कित्ताँको ४६ हजार ८५ जनाले आवेदन दिएका थिए ।

कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्