थप १०९५ जनामा कोरोना संक्रमण, ८ जनाको ज्यान गयो « Arthapath.com
४ आश्विन २०७८, सोमबार

थप १०९५ जनामा कोरोना संक्रमण, ८ जनाको ज्यान गयो



काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ७ सय ८६ पीसीआर परीक्षणमा ९ सय ७५ जना र ३ हजार ३१ एन्टिजेन परीक्षणमा १ सय २० जना गरी १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ ।

वितेको २४ घण्टामा ८ जनाको कोरोना संक्तमणबाट मुत्यु भएको छ । यो संगै कोरोना संक्तमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २९५७ जना संक्रमणमुक्त भएका छन् । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५२ हजार १ सय ७० पुगेको छ । हाल देशभर २२ हजार ३ सय २३ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्