एशियन लाईफ इन्स्योरेन्सको “सुनिश्चित आय जीवन बीमा योजना” शुभारम्भ, यस्ता छन विशेषताहरु ? « Arthapath.com
५ आश्विन २०७८, मंगलवार

एशियन लाईफ इन्स्योरेन्सको “सुनिश्चित आय जीवन बीमा योजना” शुभारम्भ, यस्ता छन विशेषताहरु ?



काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले नयाँ जीवन बीमा योजना शुभारम्भ गरेको छ । इन्स्योरेन्सले “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” को आज एक कार्यक्रमका विच शुभारम्भ गरेको हो ।

परिवारको एकजना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहजरुपमा व्यवस्थापन गर्ने उद्देश्यले एशियन लाईफ इन्स्योरेन्सले “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” ल्यमएको इन्स्योरेन्सले जनाएको छ ।

मुनाफामा सरिक नहुने सुनिश्चित बीमा योजनामा बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर अतिरिक्त लाभहरु जस्तैः दुर्घटना मृत्यु लाभ (ADB),स्थायी अपाङ्ग/अशक्त सुविधा (PTD) र बीमाशुल्क छुट सुबिधा (PWB) थप गर्न सकिने व्यवस्था रहेको छ ।

१८ वर्षदेखि ५३ वर्ष उमेर सम्मको व्यक्तिले सहभागी हुनसक्ने यो जीवन बीमा योजनाको अवधि २४ वर्षसम्म रहने छ । बीमितले शुरुको १२ वर्षसम्म मात्र बीमाशुल्क भुक्तानी गर्नुपर्ने उक्त योजनामा न्यूनतम वार्षिक बीमाशुल्क २५ हजारदेखि माथि बीमितको आर्थिक अवस्थाको आधारमा जति सुकै रकमको बीमाशुल्क भुक्तानि गरी बीमा गर्न सकिनेछ ।

उक्त बीमा योजना सार्वजनिकइन्स्योरेन्सका संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, कम्पनीका संचालकहरु सुरेन्द्र कुमार गोयल, सजल मास्के, निष्ठा प्रधानाङ्ग, अच्यूत राज सापकोटा, प्रमुख कार्यकारी अधिकुत (सिईओ) दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईं उपिस्थत भएका थिए ।

२ अर्बभन्दा बढि चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जीवन बीमा कोष २६ अर्व ४८ करोड भन्दा बढी रहेको छ । साथै यस कम्पनीले ४२ वटा शाखा र १ सय ६ वटा उपशाखा मार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्