सुन र चाँदी दुवैको मुल्य बढ्यो « Arthapath.com
१९ माघ २०७८, बुधबार

सुन र चाँदी दुवैको मुल्य बढ्यो



काठमाडौं । सुनको मूल्य बुधबार नेपाली बजारमा बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ तोकिएको छ ।

मंगलबार भने छापावाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ र तेजावी सुन तोलाको ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २५५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्