कोरोनाबाट एकैदिन १२ जनाको मृत्यु, १ हजार ३६९ संक्रमित थपिए « Arthapath.com
२७ माघ २०७८, बिहीबार

कोरोनाबाट एकैदिन १२ जनाको मृत्यु, १ हजार ३६९ संक्रमित थपिए



काठमाडौं । नेपालमा थप १ हजार ३६९ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरि ११ हजार ८८० जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट १०१३ र एन्टिजेनबाट ३५६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप २ हजार २३८ संक्रमित कोरोनामुक्त भएका छन् भने थप १२ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालः २९ हजार ४ सक्रिय संक्रमित रहेका छन्।


प्रतिक्रिया दिनुहोस्