दुई सय ६९ जनामा कोरोना संक्रमण पुष्टि « Arthapath.com
१६ भाद्र २०७९, बिहीबार

दुई सय ६९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । आज दुई सय ६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ५७ परीक्षणमध्ये दुई सय ६९ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

आज दुई सय १५ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन्। निको हुनेको संख्या ९८.५ प्रतिशत छ । सक्रिय संक्रमित संख्या तीन हजार एक सय ५८ पुगेको छ । यस्तै आज कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन भएको छ । यस्तै होम आइसोलेसनमा तीन हजार चार, संस्थागत आइसोलेसनमा एक सय ५४, सघन उपचार कक्ष (आइसियु)मा ४६ र भेन्टिलेटरमा सात जनाको उपचार भइरहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्