कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार नाघ्यो « Arthapath.com
१७ भाद्र २०७९, शुक्रबार

कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार नाघ्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा २०६ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५९५जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको हो । संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

शुक्रबार कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन्। जसमध्ये २ हजार ७३५जना होम आइसोलेसनमा रहेका छन् भने १५६ जना संस्थागत आइसोलेसन र ४१ जना आईसीयूमा छन्। शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ४४३ पुगेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्